Wednesday, 26th August, 2026
वि.स.

शिक्षकको अपहरणपछि गोली हानी हत्या

goli-1607411529.jpg

मोरङमा एक शिक्षकको हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थिति सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।

५४ वर्षीया श्रेष्ठलाई मंगलबार विहान ६ बजेतिर अज्ञात समूहले घरबाटै अपहरण गरी लगेको र केही समयपछि गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।श्रेष्ठको शव घरदेखि एक किलोमिटर परको मिक्लाजुङ–१ मै पर्ने बर्खेको जंगलमा भेटिएको मोरङ र प्रअ श्रेष्ठको टाउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।

परिवारका सदस्यका अनुसार मंगलबार बिहान सवा ६ बजेतिर ४र५ जनाको संख्यामा आएको समूहले प्रअ श्रेष्ठलाई अपहरण गरेको थियो ।अपहरण गर्नेहरु नेकपा विप्लव समूहका कार्यकर्ता हुनसक्ने प्रहरीको आशंका छ । घटनामा संलग्नको पहिचान भइ नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif