krishi-4-1744105937.jpg
Sunday, 20th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

शक्तिशाली हुरीले थाहानगरका सैयाैं घरकाे छाना उडायाे, ठाउँठाउँमा विद्युत अवरुद्ध

FB_IMG_1741882370842-1741882649.jpg

बिहीबार साँझ ६ बजेकाे शक्तिशाली हुरीले थाहा नगरपालिकाकाे विभिन्न क्षेत्रमा गरी सयौं घरकाे छाना उडाएकाे छ ।

प्रारम्भिक विवरण अनुसार थाहा नगरपालिकाकाे घर्तीखाेला, डाँडागाउँ, धारापानी, अँगारे लगायत क्षेत्रका जस्तापाताका कैयौं छाना उडाएकाे छ । घरकाे छाना उडाएपछि स्थानीय बासिन्दा पीडित भएका छन् ।

घटनाकाे समाचार सुन्नेवित्तिकै थाहानगरकाे इलाका प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीहरु परिचालित भएका थिए ।

थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्ट, वडा नंं ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नं ४ का वडा अध्यक्ष नारायण लामा, वडासचिव पाल्साङ लामा लगायत गाउँगाउँ पुगेर क्षतिबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

थाहाटाइम्ससित कुरा गर्दै थाहा-३का वडा अध्यक्ष रायमाझीले वडा नम्बर ३ मा मात्रै हुरीले करिब ७० घरकाे छाना उडाएकाे अनुमान गरिएको बताए । 'राती भएकाेले क्षतिकाे विवरण संकलन गर्न कठिनाइ भयाे, शुक्रबार विहान सबै विवरण लिएर राहत र सहयाेगकाे लागि उपयुक्त निर्णय लिन्छौं,' उनले भने । वडा अध्यक्ष रायमाझीले रातकाे समय भए पनि आफू वडाकाे बागेखाेला, झिंगटीघर, डाँडागाउँ लगायत क्षेत्रमा पुगेर पीडितहरुसँग भेटघाट गरेकाे जानकारी दिए ।

निकै छाेटाे अवधिमा आएकाे हुरीले किसानहरुकाे टनेल उडाउँदा लाखौंको क्षति भएकाे छ ।

यसैबीच खराब मौसम तथा हवाहुरीको कारण अवरुद्ध भएको केही स्थानहरुको लाइन प्राविधिक कर्मचारीको अथक प्रयासले सुचारु गर्न सफल भएको र केही स्थानहरूमा लाइन सुचारु गर्न नसकेको विद्युत प्राधिकरण पालुङले जनाएकाे छ ।

थाहा-१ को केही स्थानहरू, थाहा-२ को फाँटबजारको ट्रान्सर्फमर, थाहा-३ को बागेखोला, दम्की, डाडा गाउँ, मर्किन डाडा, गोरखनाथ क्षेत्रका ट्रान्सर्फमरहरु, थाहा-४ को धारापानीको ट्रान्सफर्मर, थाहा-५ को फुर्के वसन्त, थाहा- ७, ११ र १२ क सम्पूर्ण स्थानहरुमा विद्युु अवरुद्ध भएकाे जनाउँदै प्राधिकरणले शुक्रबार बिहानबाट सुचारुकाे प्रयास गरिने सूचना जारी गरेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०