Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

व्यवशायीहरुले अनुगमन टोलीलाई टेर्लान् त ?

मकवानपुरको थाहानगरका व्यवशायीहरुलाई मूल्यसूची राख्न, पसलको नाम सहितको बोर्ड राख्न, लेबल नभएको सामान नबेच्नलगायतको निर्देशन दिइएको छ । 

क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सहितको संयुक्त अनुगमन टोलीबाट बजार अनुगमनको क्रममा यस्तो निर्देशन दिइएको हो । अनुगमन टोलीले थाहानगरेको दामन, सिमभन्ज्याङ, शिखरकोट, ओखरबजारलगायतको क्षेत्रका  खाद्य उद्योग, किराना पसल, होटल, रेष्टुरेन्ट, तथा मिठाई पसलको १२ असारमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा तयारी खानेकुराहरु सेलरोटी, आलुचपलगायतको नछोपी राखेको पाइएको थियो । त्यस्ता व्यवशायीलाई खानेकुरा छोपेर राख्न निर्देशन दिइएको छ । होटलहरुमा खाना पकाउने किचन सफा राख्न निर्देशन दिइएको छ । अनुगमनको क्रममा लेबल नभएको सामान बिक्रीको लागि राखिएको, मूल्यसूची नराखिएको, होडिङबोर्ड नराखिएकोलगायतकाको अवस्था भेटिएको क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका राजकुमार रिजालले जानकारी दिए । 

पसलहरुबाट म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थहरु बरामद गरिएको थियो । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौडाका प्रमुख राजकुमार रिजाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन कुमार अमात्य, उपभोक्ता हित संरक्षण मञ्चका मदन रिमाल, जिल्ला प्रशाशन कार्यालयका नासु मदन कुमार श्रेष्ठ, थाहा नगरपालिकाका प्रकाश कुमार थिङ, पत्रकार कुमार नेगी, सुरजकुमार भुजेल, जनक तामाङ, मनोज तितुङलगायत सहभागी थिए । 

अघिअघि जस्तै यो पटक पनि नियम नमान्ने व्यवशायीहरुलाई अनुगमन टोलीले नियमानुसार व्यवशाय संचालन गर्न निर्देशन दिएको छ । यद्यपी व्यवशायीहरुले त्यसलाई कति पालना गर्छन् अर्को अनुगमनमा थाहा हुनेछ ।  
 



https://www.thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।