Thursday, 20th August, 2026
वि.स.

वैशाख १९ गते देशभरका विद्युत् महसुल काउन्टर बन्द हुने

विद्युत् प्राधिकरणका देशभरका महसुल काउन्टर १९ वैशाखमा बन्द हुने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भित्र रहेका ट्रेड यूनियनहरुबीच आधिकारिक ट्रेड यूनियनका लागि देशैभर मतदान हुने भएकाले देशैभरका महसुल काउन्टर बन्द हुने जनाएको छ ।

प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गरेर १९ वैशाखमा महसुल संकलन नहुने जानकारी दिएको हो । अनलाइन प्रणालीबाट भने महसुल तिर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०