nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिमको अवसर

IMG_20230902_201233-1693665127.jpg

रोजगारीमा जान चाहनेहरूका लागि काठमाण्डौ, पोखरा, बुटवल लगायतका ठाउँमा खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने भएको छ ।

महिला र पुरुषका लागि विभिन्न फरक फरक विषयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमले निःशुल्क सीप तालिम प्रदान गर्न लागेको हो । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषका लागि विभिन्न सात वटा विषयमा तालिम सञ्चालन हुने सामीले जनाएको छ  । ३० दिनसम्म सञ्चालन हुने निःशुल्क सीप तालिममा खाने बस्ने सुविधासमेत उपलब्ध छ ।

पुरुषका लागि सीप तालिम
 डकर्मी सम्बन्धी सीप तालिम यही भदौ १७ गतेदेखि पोखरामा सुरु हुँदै छ । यो तालिम लिनका लागि शैक्षिक योग्यता ५ कक्षाभन्दा माथिको हुनुपर्छ भने १९ देखि ३८ वर्ष उमेर समूहको हुनुपर्छ । राहदानी वा राहदानीको आवेदन दिएको रसिद तथा नागरिकता आवश्यक पर्छ । तालिममा सहभागी हुन मेडिकल पास भएको हुनुपर्छ । मेडिकल भने तालिम लिन चाहने व्यक्ति आफैँले आफ्नो खर्चमा गर्नु पर्छ । यस्तै तालिमको क्रममा लगाउनको लागि सेफ्टी सुज(जुत्ता) आफैँले किन्न पर्छ । यस्तो सुज झण्डै १२ सय रुपैयाँ पर्छ ।

यस्तै सामीले प्रदान गर्ने निःशुल्क सीप तालिममा अर्को किचन हेल्परको तालिम रहेको छ । यो तालिम पनि भदौ १७ गतेदेखि पोखरामा सञ्चालन हुँदै छ । यो तालिम लिनका लागि शैक्षिक योग्यता १० कक्षाभन्दा माथिको हुनुपर्छ भने १९ देखि ३८ वर्ष उमेर समूहको हुनुपर्छ । राहदानी वा राहदानीको आवेदन दिएको रसिद तथा नागरिकता आवश्यक पर्छ । तालिममा सहभागी हुन मेडिकल पास भएको हुनुपर्छ । मेडिकल भने तालिम लिन चाहने व्यक्ति आफैँले आफ्नो खर्चमा गर्नु पर्छ ।

यस्तै शटरिङ कारपेन्ट्री(फर्मा लगाउने) सीप तालिम भदौ २५ गतेदेखि काठमाण्डौमा सुरु हुँदै छ । यो तालिम लिन चाहनेहरूको शैक्षिक योग्यता ८ कक्षाभन्दा माथिको हुनुपर्छ भने १९ देखि ३८ वर्ष उमेर समूहको हुनुपर्छ । राहदानी वा राहदानीको आवेदन दिएको रसिद तथा नागरिकता आवश्यक पर्छ । तालिममा सहभागी हुन मेडिकल पास भएको हुनुपर्छ । मेडिकल भने तालिम लिन चाहने व्यक्ति आफैँले आफ्नो खर्चमा गर्नु पर्छ । यस्तै तालिमको क्रममा लगाउनको लागि सेफ्टी सुज(जुत्ता) आफैँले किन्न पर्छ । यस्तो सुज झण्डै १२ सय रुपैयाँ पर्छ ।

वेल्डर सम्बन्धी तालिम पनि भदौ १७ गतेदेखि पोखरामा सुरु हुँदैन । यो तालिम लिनका लागि शैक्षिक योग्यता ८ कक्षा पास भएको हुनुपर्छ भने १९ देखि ३८ वर्ष उमेर समूहको हुनुपर्छ । राहदानी वा राहदानीको आवेदन दिएको रसिद तथा नागरिकता आवश्यक पर्छ । तालिममा सहभागी हुन मेडिकल पास भएको हुनुपर्छ । यस्तै तालिमको क्रममा लगाउनको लागि सेफ्टी सुज(जुक्ता) आफैँले किन्न पर्छ । यस्तो सुज झण्डै १२ सय रुपैयाँ पर्छ ।

इन्डस्ट्रियल इलेक्ट्रीसियन सम्बन्धी सीप तालिम भदौ १७ गतेदेखि पोखरामा र भदौ २४ गतेदेखि बुटवलमा सञ्चालन हुने भएको छ । यो तालिम लिनका चाहनेहरूको शैक्षिक योग्यता भने १० कक्षा पास हुनुपर्छ । उमेर समूह र अन्य कागजात भने अन्य सीप तालिमको जस्तै तोकिएको छ ।

यस्तै प्लम्बर सम्बन्धी सीप तालिम भदौ १८ गतेदेखि काठमाण्डौ र २७ गतेदेखि झापाको बिर्तामोडमा सञ्चालन हुँदै छ । यो तालिम लिनको लागि कक्षा ८ पास भएको हुनुपर्छ भने बाँकी योग्यता र कागजात अरू सीप तालिमको जस्तै तोकिएको छ ।

यसका साथै वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषहरूका लागि सामीले यही भदौ १८ र १९ गतेदेखि काठमाण्डौमा स्काफोल्डिङ्ग(फलामको पाइपको खट बनाउने) सीप तालिम सञ्चालन गर्ने भएको छ । यो तालिम लिन भने साधारण लेखपढ गर्न जान्ने भए हुन्छ भन्ने अन्य कागजात र प्रक्रिया भने सामीले प्रदान गर्ने अन्य तालिमको जस्तै तोकिएको छ ।

महिलाका लागि छुट्टै दुई सीप तालिम
वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि सामीले हाउस किपिङ/क्लिनर र गार्मेन्ट मेशिन अपरेटरको सीप तालिम प्रदान गर्ने भएको छ । 

हाउस किपिङ/क्लिनरको तालिम भदौ १७ गतेदेखि पोखरामा सञ्चालन हुने भएको छ । हाउस किपिङ/क्लिनरको काम भनेको होटल, सपिङ सेन्टर, अस्पताल तथा ठुला कार्यालयमा अत्याधुनिक मेसिन तथा केमिकलको प्रयोग गरी सरसफाइ तथा सामान मिलाउने काम हो ।  यो तालिम लिनको लागि कक्षा ८ पास भएको हुनुपर्छ भने १९ देखि ३५ वर्ष उमेर समूहको हुनुपर्छ । दुई वर्षभन्दा मुनिका बालबालिका नभएको र राहदानी वा राहदानीको आवेदन दिएको रसिद तथा नागरिकता आवश्यक पर्छ ।

यस्तै भदौ २४ गतेदेखि काठमाण्डौमा गार्मेन्ट मेशिन अपरेटरको तालिम सञ्चालन हुने सामीले जनाएको छ । गार्मेन्ट मेसिन अपरेटरको काम भनेको विद्युतीय सिलाई मेसिनबाट रेडिमेड कपडा तयार पार्ने, सिलाईको गुणस्तर कायम गर्ने र आइरन लगाउने आदी काम पर्छ । यो तालिम लिन १९ देखि ३० वर्ष उमेर र कक्षा ८ पास गरेको हुनुपर्छ । दुई वर्षभन्दा मुनिका बालबालिका नभएको, यसअघि घरेलु कामदारको रूपमा विदेश नगएको हुनुपर्छ भने साथमा राहदानी तथा नागरिक आवश्यक पर्छ । यो तालिम लिएर गार्मेन्ट कामदारको रूपमा जोर्डन देश जान चाहेमा पैसा तिर्न पर्दैन ।

सामीले सञ्चालन गर्ने यी तालिममा विषयगत ज्ञानसँगै तीन दिनको विभिन्न जीवन उपयोगी शिक्षासमेत प्रदान गरिन्छ । जसअन्तर्गत पैसाको सदुपयोग सम्बन्धी ज्ञान अर्थात् वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनौट, स्वास्थ्य सम्बन्धी सचेतना, पारिवारिक व्यवस्थापन र विदेशी भूमिमा घुलमिल हुन सघाउने पक्षहरू समेत पर्छ ।

सामीले गन्तव्य देशमा कामको माग अनुसार वैदेशिक रोजगारीमा जान चाहनेलाई विभिन्न समयमा सीप तालिम प्रदान गर्दै आइरहेको छ । सामी नेपाल सरकार र स्वीस सरकार विकास सहयोग एसडीसीको संयुक्त पहलमा सञ्चालित कार्यक्रम हो । यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र १५६ स्थानीय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित  छ ।

सीप तालिमबारे थप जानकारीका लागि ९८४०२४८०३४ नम्बरमा सोमबारदेखि शुक्रवारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ । आवेदन अनलाइनमार्फत भरेर पनि पठाउन सकिन्छ ।

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)