Tuesday, 25th August, 2026
वि.स.

वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना पुष्टि

covide-death-1592028261.jpg

वीरगञ्जमा मृत्यु भएका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालक र वीरगञ्जको घण्टाघरमा मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

निमोनियाबाट सिकिस्त बालकको आरडीटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । यसैगरी यसअघि वीरगञ्जको नेशनल मेडिकल कजेलमा मृत्यु भएका बारा जिल्लाका एक वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिवार वीरगञ्जका विभिन्न क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif