Tuesday, 25th August, 2026
वि.स.

विषालु च्याउ खाँदा बालिकाको मृत्यु, सात जना सिकिस्त

bishalu-chyau-1595840308.jpg

जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीमा च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त बिरामी परेका छन् । मृत्यु हुनेका ३ वर्षीया बालिका अञ्जना चलाउनेको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार विषालु च्याउ खाँदा ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, ९ वर्षीया नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने र १४ वर्षीया औसरा चलाउने सिकिस्त बिरामी परेका हुन् ।

उनीहरूलाई थप उपचारको लागि सुर्खेत लैजान सेनाको हेलिकप्टर मगाइएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए । उनीहरूको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुँदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif