Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विश्व वातावरण दिवसमा थाहानगरमा वृक्षारोपन

Upa-1591342225.jpg

विश्व वातावरण दिवसको अवसरमा २३ जेठमा थाहा नगरपालिका र त्रिवेणी शंखमुल नारदतिर्थ दिव्यधाम निर्माण समितिको संयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम भएको छ । 

‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने नाराको साथ मनाइएको दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको घट्टचौर स्थित तरकारी संकलन केन्द्र परिसरमा वृक्षारोपन गरिएको हो । थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, कार्यपालिका सदस्य जानुका ढकाल, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाललगायतकाको विशेष उपस्थिती रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी तथा उपप्रमुख गोपालीले वातावरण दिवसको दिन गरिएको वृक्षारोपनका विरुवाहरलाई सबैले हुर्काउनु पर्ने बताए । उनले धार्मिक पर्यटकीय क्षेत्रको रपमा विकास भैरहेको शंखमुल क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने औल्याए ।

कार्यक्रम त्रिवेणी शंखमुल नारदतिर्थ दिव्यधाम निर्माण समितिका अध्यक्ष मिरा भट्टको सभाध्यक्षतामा भएको थियो ।