Sunday, 23rd August, 2026
वि.स.

विश्वभर घट्यो कोरोनाभाइरस संक्रमितको मृत्युदर

UK-1588586359.jpg

विश्वमा कोरोनाभाइरसबाट मृत्यु हुनेको दर घटेको छ। आइतबार फ्रान्स, इटाली, स्पेन र जर्मनीमा यो हप्ताकै सबैभन्दा कम मृत्यु भएको छ। अमेरिकामा पनि गत पाँच दिनदेखि मृत्युदर घटेको छ।

आइतबार कोरोनाभाइरसबाट विश्वभर ३४ सय ६४ जनाको मृत्यु भएको छ। जबकि सोमबार ५२ सय १७ जनाको मृत्यु भएको थियो।

आइतबार फ्रान्समा १३५, स्पेनमा १६४ र इटालीमा १७४ जनाको मृत्यु भएको छ। फ्रान्समा शनिबार १६६ र शुक्रबार २१८ जनाको मृत्यु भएको थियो। फ्रान्समा पछिल्लो ६ दिनदेखि मृत्युदर निरन्तर घटिरहेको छ।

स्पेनमा शनिबार २७६ र शुक्रबार २८१ जनाको मृत्यु भएको थियो। त्यहाँ चार दिन यता निरन्तर मृत्युदर घटेको छ। पाँच दिन यता निरन्तर मृत्युदर घटिरहको इटालीमा शनिबार भने ह्वात्तै बढेको थियो । शनिबार ४७४ जनाको मृत्यु भएको थियो।

अमेरिकामा आइतबार ११ सय ३७ जनाको मृत्यु भयो। त्यहाँ शनिबार १६ सय ९१ जनाको मृत्यु भएको थियो। पाँच दिनअघि २४ सय ७० जनाको मृत्यु भए यता अमेरिकामा निरन्तर मृत्युदर घटिरहेको छ।

कोरोनाभाइरसबाट बढी संक्रमित भएका जर्मनीमा पाँच दिन र बेलायतमा चार दिनदेखि मृत्युदर निरन्तर घटिरहेको छ। पाँच दिनअघि जर्मनीमा १८८ जनाको मृत्यु भएकोमा आइतबार ५४ जनाको मृत्यु भयो। बेलायतमा चारअघि ७३९ जनाको मृत्यु भएकोमा आइतबार ३१५ जनाको मृत्यु भयो।

उता रुस, भारत, ब्राजिल लगायत केही देशमा भने मृत्युदर बढेको छ। तर, यसले विश्वको मृत्युदर भने बढाएको छैन।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०