Wednesday, 26th August, 2026
वि.स.

विप्लव नेतृत्वको पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

parau-new-1603953933.jpg

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा इलाम चुलाचुलीका १८ वर्षीय सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट हातहतियार, खरखजना, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र बन्दोवस्तीका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा पक्राउ परेकामध्ये काशीनाथ घिमिरे विप्लव नेतृत्वको नेकपा पूर्वी कमाण्ड मेची÷कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको देखिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif