Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपन्नलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान 

Garib-lai-Khadyanna-(1)-1590760762.JPG

कोरोना भाइरस(कोभिड–१९)का कारण जारी लकडाउनमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाले पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकासँग सहकार्यगरी न्युन आय भएका राक्सिराङ्गका २ सय परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्थाले २ सय परिवारलाई चामल ६ हजार किलो(२ सय बोरा), दाल ४ सय किलो, तेल ४ सय लिटर, नुन ४ सय किलो, स्वच्छता(हाईजिन) किट २ सय पाकेट प्रदान गरेको इस्थर बेन्जामिन स्मृति संस्थाका मकवानपुर कार्यक्रम ब्यवस्थापक बुद्ध लामाले बताए । उनका अनुसार प्रति परिवार चामल ३० किलो(१ बोरा), दाल २ किलो, तेल २ लिटर, नुन २ किलो, स्वच्छता किट १ पाकेट प्रदान गरिएको थियो ।

त्यस्तै, राक्सीराङ्गको स्वास्थ्य संस्थालाई सेनिटाइजर २० लिटर, हात धुने लिकुइड १० लिटर, सर्जिकल ग्लोब्स १ हजार ५ सय वटा, सर्जिकल मास्क १ हजार ६ सय वटा प्रदान गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ लगायतको सहभागिता रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०