Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपद व्यवस्थापन योजना तालिम शुरु

सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले मकवानपुरको थाहामा स्थानीय स्तरको विपद व्यवस्थापन योजना निर्माणसम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । 
चैत ७ गते सोमबारबाट शुरु भएको तालिममा थाहानगरका राजनीतिक दल, वडा नागरिक मञ्च, सामाजिक परिचालक, महिला सञ्जाल, अपाङ्गता संजाल, सुरक्षा निकाय, रेडक्रस लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 
सहभागीहरुलाई सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका अध्यक्ष मणिप्रसाद सुवेदी, कार्यक्रम संयोजक बद्रि पण्डित, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले सहजीकरण गरिरहेका छन् । 
प्लान नेपालको सहयोगमा भएको तालिम बुधबारसम्म संचालन हुनेछ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०