Dashai-Thaha-Nagar-1728205351.gif
Sunday, 13th October, 2024
वि.स.

विपद : थाहामा यस्तो छ प्रारम्भिक क्षतिको विवरण

IMG20240928174909-1727596606.jpg

गत १० असोजदेखि परेको अविरल भारी वर्षाले थाहा नगरपालिकामा कुनै मानवीय क्षति भएन । तर भौतिक रुपमा ठूलो क्षति पुगेको छ । सडक पूर्वाधार, खेतीबाली, आवास, पशुचौपाया आदिमा क्षति पुगेको देखिएको छ ।

सडक क्षतविक्षत
नगरपालिकामा पर्ने राजपथ खण्डदेखि नगरभित्रका सडकहरु वर्षा र पहिरोका कारण क्षेतविक्षत बन्न पुगे । राजपथको कैयौं स्थानमा पहिरो जानुका साथै सडकमाथि पहिरो थुप्रिँदा सवारी आवागमन अवरुद्ध भएकोमा १३ असोज(आज) विहानबाट पालुङ–हेटौंडा खण्ड खुलेको छ तर काठमाडौं पुग्न सक्ने अवस्था छैन ।

थाहा नगरको दामन–डाँडाबास, शिखरकोट–आग्रा सडकहरुमा ठूला गाडीहरु चल्न सकेका छैनन् । भित्री सडकका पुलहरुसमेत जोखिममा परेका छन् । थाहा नगरपालिका–३ बागेखोलाको पक्की पुल जोखिममा परेको छ भने बागेखोला बस्ती पनि जोखिममा परेको छ ।

दर्जनौं घर भत्किए, केही विस्थापित
थाहानगरमा वर्षात्का कारण दर्जनौं घरहरु भत्केका छन् । प्रारम्भिक विवरण अनुसार थाहा–२ का रामभक्त कार्की र शेरबहादुर तामाङको घर भत्किएको छ । त्यसैगरी थाहा ६ का नवराज सुवेदीको घरगोठ र रत्नलाल बलामीको गोठ भत्केको छ भने थाहा ९ माशालिग्राम लामिछाने र चिरञ्जीवी लामिछानेको घर भत्किएको छ ।

थाहा ११ मा आइते थोकरको घर र थाहा ८ मा बालकुमार नेपालीको गोठ भत्किएको छ । थाहा ४ सिमभञ्ज्याङका रामकुमार गोले र सुन्तली गोले तथा थाहा ११ का सुकराम थोकर घरबाट बिस्थापित भएका छन् ।

थाहा ५ का उमेश गुरुङ र दीप गुरुङको घर पूर्ण जोखिममा परेको खबर छ  ।

दर्जन बढी बाख्रा मरे
अविरल वर्षाका कारण गोठ भत्किएर पुरिँदा दर्जन बढी बाख्राहरु मरेको प्रारम्भिक विवरण प्राप्त भएको छ । थाहा ६ मा नवराज सुवेदीको घरगोठ भत्किँदा त्यसमा पुरिएर एउटा गाई र ६ वटा बाख्रा मरेका छन् भने थाहा ६ कै रत्नलाल बलामीको गोठले थिचेर ८ वटा बाख्रा मरेका छन् ।

थाहा ८ का बालकुमार नेपालीको गोठ भत्किएर पुरिँदा २ वटा बाख्रा मरेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)