Wednesday, 19th August, 2026
वि.स.

विपद् न्यूनिकरणका लागि मकवानपुरमा प्रशिक्षण सुरु

bipat-jokhim-1616304869.jpg

 विपद न्यूनिकरणका लागि आज देखि हेटौंडामा प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा बागमती प्रदेश प्रहरी कर्याालय हेटौंडाद्वारा संचालित ६ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षणमा ससस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय तहका नगरप्रहरीको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रमुख सचिब डाक्टर मान बहादुर बिकेले यो प्रदेश विपद् धेरै हुने प्रदेश भएकाले बेलैमा सचेत हुनुपर्ने बताउए ।विपद्ले पार्ने असरलाई न्यूनिकरण गर्न सबै एक भएका लाग्नका लागि उनले सुझाब समेत दिए। बिभीन्न समयमा विपद् आइपर्ने र त्यसलाई सामना गर्न पूर्व तयारी गर्नुपर्ने उहनले बताए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कुनैपनि विपद्को जोखिममा भएकाले स्रोत साधन सहितको तयारी हालमा रहनुपर्ने बताए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif