Tuesday, 18th August, 2026
वि.स.

विद्यालय कर्मचारी थाहाकाे प्रथम अधिवेशन, अध्यक्षमा जर्म श्रेष्ठ निर्वाचित, काे हुन् श्रेष्ठ ?

a1feffb7014e22be40f26d52b-1679065115.jpg

नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको ऐतिहासिक  प्रथम अधिवेशन ३ चैतमा सम्पन्न भएकाे छ । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टकाे प्रमुख आतिथ्य तथा युनियनका नगर अध्यक्ष मधुसूदन रायमाझीकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे हाे ।

३ वर्षअघिदेखि क्रियाशील साे युनियनकाे अधिवेशनले आगामी कार्यकालकाे लागि  झम्केश्वरी माविका जर्मलाल श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

सर्वसम्मत रुपमा निर्वाचित ११ सदस्यीय कमिटीको उपाध्यक्षमा रोजिना सापकोटा, सचिवमा पुरुषोत्तम गोपाली, कोषाध्यक्षमा राजाराम गोपाली, सह-सचिवमा रत्नमाया महर्जन रहेका छन् ।

निर्वाचन अधिकृत भूमिराज अवस्थिका अनुसार कमिटीको सदस्यहरुमा रविन्द्रप्रसाद बिडारी, सञ्जिव बलामी, मङ्गलमाया बल, बाबुकाजी आलेमगर, भावना थापा, अञ्जु मोक्तान, सुनिता थिङ र राजेन्द्र अर्जेल निर्वाचित भएका छन् ।

अधिवेशनकाे उद्घाटन गर्दै प्रमुख अतिथि  बिष्टले विद्यालयमा कार्यरत लेखापाल तथा कर्मचारीहरुको समस्यालाई अध्ययन गरी सम्बोधन गर्ने बताए ।

अधिवेशनमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्की, निजी तथा आवासीय विद्यालय अर्गानाजेशन नेपाल (प्याव्सन) थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, एकीकृत नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष रुपचन्द्र गोपाली, झम्केश्वरी माविका प्रधानाध्यापक गणेशमान श्रेष्ठ, नाटेश्वर माविका प्रधानाध्यापक धर्मेन्द्र अर्याल, नेपाल शिक्षक महासंघ थाहानगरका अध्यक्ष राजाराम कार्की, नेपाल विद्यालय कर्मचारी युनियनका केन्द्रीय सह-महासचिव अर्जुन थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

काे हुन् श्रेष्ठ ?
जर्म श्रेष्ठ नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको संस्थापक सचिव हुन् । झम्केश्वरी माविमा दुई दशकदेखि कार्यरत श्रेष्ठ विद्यालयकाे लेखा व्यवस्थापनमा जिल्लाकै उत्कृष्ट मानिन्छन् । विद्यालयकाे लेखा प्रणाली व्यवस्थापनमा लेखा परीक्षकहरुले झम्केश्वरी माविलाई थाहाकै उत्कृष्ट भन्दै आएका छन् ।

पालुङ  जेसीज २०१५ का अध्यक्ष रहेका श्रेष्ठ पत्रकारितामा समेत दख्खल राख्छन्  । उनी ल्यायम्ह पुचः लगायत संस्थाहरुमा नेतृत्व तहमा क्रियाशील छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif