Friday, 21st August, 2026
वि.स.

विद्यालयहरुमा कार्यरत् सहयोगी कार्यकर्ताहरुलाई तीनदिने पुर्नताजकी तालीम शुरु

मकवानपुर थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयहरुमा कार्यरत् सहयोगी कार्यकर्ताहरुका लागि  तीनदिने पुर्नताजकी तालीम शुरु भएको छ ।


थाहा नगरपालिकाको जेसीज सभाहलमा तालीम शुरु भएको तालीमको एक समारोहकाबीच थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले उद्घाटन गरेका हुन् । २१ पौष सम्म संचालन हुने तालीममा ५६ जना बाल विकास सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई थााहा नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, स्रोत व्यक्ति रामकुमार ठाकुर, संगिता काकीृ र मुना राइले सहजीकरण गरिरहेका छन् । 

तालीम उद्घाटन समारोह थाहा नगरपालिका शिक्षा समितिका अध्यक्ष शशीधर सुवेदीको सभाध्यक्षतामा भएको थियो । थाहा नगरपालिकामा समुदायमा आधारीत ७ सहित ६१ वडा बाल विकास केन्द्रहरु संचालनमा रहेको शिक्षा शाखा प्रमुख दाहालले बताए । नगरमा ५५ सामुदायिक विद्यालय रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif