Saturday, 22nd August, 2026
वि.स.

विदेशबाट मकवानपुर आएका नेपालीलाई क्वारेन्टाइनमा राखिने

mm-1585296820.jpg

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै विदेशबाट हालसालै नेपाल आउनुभएकाहरुलाई क्वारेन्टाइनमा राख्ने मकवानपुर प्रशासनले तयारी गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले हालसालै विदेशबाट आएका र कोरोनाको सामान्य लक्षण देखिएमा उनिहरुलाई हेटौँडा ११ स्थित हेटौँडा एकेडेमीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने जानकारी दिए

। जिल्ला प्रशासन कार्यालय मकवानपुरले विदेशबाट आउनुभएको मानिसको लगत संकलन गर्न मकवानपुरको १० वटै स्थानीय तहलाई अनुरोध गरेको सीडीओ नेपालले बताए। उहाँहरुको अवस्था हेरेर सामान्य भए होम क्वारेन्टाइनमा र केही लक्षण देखा परे सरकारले बनाएको क्वारेन्टाइनमा राखिने उनले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif