Sunday, 23rd August, 2026
वि.स.

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, २६ जना काठमाडौं आइपुगे

nepali-1591338048.jpg

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले बताए ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड(१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर ९सीसीएमसी० को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।

सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।

यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०