Saturday, 22nd August, 2026
वि.स.

विदेशबाट थाहानगर भित्रिएकाहरुको घरघरमै डाक्टर पुगे

Dr-4-1585361210.jpg

मकवानपुर थाहा नगरपालिकामा विदेशबाट आएका नागरिकहरुरुको स्वास्थ्य अवस्था बुझ्नको लागि घरघरमै डाक्टर खटिएका छन् । थाहा नगरपालिकालाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि यस्तो कार्य अघि सारिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर ६ र ७ मा २७ जना विदेशबाट आएकाहरुको स्वासथ्य परीक्षण समेत गरिएको पालुङ प्राथमिक सवासथ्य केनद्रका डाक्टर सुबोध चापागाइले जानकारी दिए । 

थाहा नगरपालिकाको वडा नम्बर ७ मा मात्र १४ चैतमा १७ जनालाई घरभेट गरिएको र स्वासथ्य अवस्था तथा ट्राभल हिस्ट्री लिइएको डाक्टर चापागाइले जानकारी दिए । 

त्यस्तै थाहा नगरपालिका वडा नम्बर ६ मा १० जना विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण तथा  हिस्ट्री लिइएको डाक्टर उदय रोक्काले जानकारी दिए ।  परीक्षण गरिएकाहरको अवस्था सामान्य रहेको डाक्टर रोक्काको भनाइ छ । 

स्वास्थ्यकर्मीहरुको टोलीमा डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरु पनि खटिएका थिए ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif