nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विकास साँझेदारसंग सहकार्यसहित आयो विकासखबर
विकासखबर डटकमको उद्घाटन

udghatan-1474092366.jpg

मकवानपुरको उत्तरी क्षेत्रबाट संचालित विकासखबर डटकमको औपचारिक उद्घाटन भएको छ । अनलाईनको विकास साँझेदारहरुको उपस्थितीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले अनलाईन क्लिक गरी औपचारिक उद्घाटन गरेका हुन् । 

विकासखबर डटकम डटएनपी मार्फत समाचार, अडियो, भिडियो प्रसार गर्दै आएकोमा विकासखबर डटकम मार्फत आएको हो । उद्घाटन कार्यक्रममा गायक जीवन परियार, सामुदायिक विकास केन्द्र नेपालका संवाद परियोजना अधिकृत कमलकुमार विश्वकर्मा, बालकल्याण समाज मकवानपुरका संरक्षण परियोजनाका सुपरभाइजर उमा कार्की, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका कार्याक्रम संयोजक, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, रेडियो आवाजका जनक लामालगायतले अनलाईनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उद्घाटन समारोहका प्रमुख अतिथी परियारले विकासलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित संचालनमा आएको विकासखबर डटकमसंग थाहा नगरपालिकाले साँझेदार भएर प्रचारात्मक क्रियाकलाप संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषि र पर्यटनको नगर भनिरहँदा प्रचारप्रसारमा कमजोर भइरहेको सन्दर्भमा विकासखबरको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । परियारले भने–‘नगरपालिका क्षेत्रलाई फ्रि वाइफाई बनाउन सकिने अवधारण ल्याउँदै, घरघरमा इन्टरनेटमा पहुँच विस्तारसंगै अनलाईनको प्रभावकारीता बढ्छ ।’ 
विकासखबर अनलाइन तथा विकास खबरपत्रिका साप्ताहिकका प्रधान सम्पादक कुमार नेगीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । अब विकासखबर डटकमबाट अडियो, भिडियो तथा समाचारहरु हेर्न, सुन्न र पढ्न सकिन्छ । अनलाईनको डेस्क प्रधान सम्पादक कुमार नेगी, सम्पादक सुरजकुमार भुजेल र डेस्क सम्पादक रामकुमार कार्की रहेकाछन् । अनलाईन विकास मिडिया प्रा.लि. मार्फत संचालन भएको हो ।