Friday, 3rd July, 2026
वि.स.

वामपन्थी चिन्तक साेनाम साथी रहेनन्

Sonam-1608915344.jpg

प्रसिद्ध वामपन्थी चिन्तक सोनाम साथीको निधन भएको छ ।

उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । पछिल्लो पटक उनलाई निमोनिया रोगले च्यापेपछि प्रदर्शनीमार्गस्थिति मोडेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारत रहँदा रहँदै १० पुस बेलुकी उनको निधन भएको हो । केही समयअघि सोनाम साथीलाई कोरोना संक्रमण पनि भएको थियो । पाटन अस्पतालमा कोरानोको लामो र गम्भीर उपचार पछि उनी निको भएका थिए ।

कम्युनिष्ट सिद्धान्तलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमा नै समेत अभ्यास गरिरहेका सोनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक एवं अगुवा मानिन्छन् । उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०