Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वाईबा तामाङ समाज मकवानपुरको तेस्रो अधिवेशन सम्पन्न

w-1605954482.jpg

वाईबा तामाङ समाज मकवानपुरको तेस्रो साधारण सभा तथा अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

अधिवेशनबाट हरि सिं वाईबाको नेतृत्वमा १३ सदस्यीय मकवानपुर जिल्ला कार्यसमिति चयन भएको छ । यसैगरी उपाध्यक्षमा दुई जना हर्क सिं वाईबा, विष्णु हरि वाईबा, सचिव विना वाईबा, सह–सचिव अर्जुन वाईबा, कोषाध्यक्ष विष्णुकुमारी वाईबा चयन भएका छन् । यस्तै सदस्यहरुमा विचार सिं वाईबा, इत्तकुमार वाईबा, मोहन वाईबा, सुकुमाया वाईबा, दिनेश वाईबा, संजिव सिं वाईबा र रमेश वाईबा चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा तेजमान वाईबा, मणिराज वाईबा, धर्म सिं वाईबा र नवराज वाईबा चयन भएका छन् । अधिवेशनमा यस अघि दिवंगत वाईबा तामाङ समाज मकवानपुरका अध्यक्ष चम्फु सिं वाईबाप्रति संगठन जिल्ला कार्यसमितिका तर्फबाट दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नव गठित नयाँ कार्यसमितिको यथाशक्य छिटो बैठक बसेर आगामी दिनमा गरिने कार्यक्रमहरु बारे निर्णय हुने वाईबा तामाङ समाज मकवानपुरले जनाएको छ । कार्यक्रम वाईबा तामाङ समाज मकवानपुरका पूर्व उपाध्यक्ष हरि सिं वाईबाको अध्यक्षतामा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०