Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

वर्ल्डलिंकका सञ्चालकको कोरोनाका कारण निधन

bijaya-1620889574.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।

जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०