Wednesday, 1st July, 2026
वि.स.

वत्सलादेवीमा यहि शैक्षिकसत्र देखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन (हेर्नुहोस विशेषताहरु)

नेपाल सरकारबाट यसै शैक्षिकसत्र देखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त गर्न सफल श्री वत्सलादेवी माद्यामिक विद्यालयमा प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको छ । यहि जेठ १५ गतेबाट कक्षा संचालन सुरु हुने गरि विद्यालयले सुचना प्रकाशन गरि सो जानकारी दिएको हो । इन्द्रसरोवर गाउँपालिकाकै नमुना विद्यालय बन्न सफल उक्त विद्यालय इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित रहेको छ । 


विद्यालयले यश शैक्षिकसत्रका लागि कक्षा ९ मा ४८ जना मात्रको सिमित सितमा पढाइ हुने गरि जेठ १ गतेदेखी भर्ना खुलाएको जानकारी दिएको छ । गाउँघरमै बसेर सिभिल इन्जिनियरिङ पढ्न पाउने अवसरलाई पूरा गर्न विद्यालयले गरेको प्रयास स्वरुप यश शैक्षिकसत्र देखि सो विषयको अध्यापन गर्ने अनुमती प्राप्त गरेको हो ।

विद्यालयको भुकम्प प्रतिरोधी आधुनिक भवन, पर्याप्त खेल मैदान, शान्त र अनुशासित वातावरण, अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालन, कक्षा ४ देखि १२ सम्म कम्प्युटर कक्षा र प्राक्टिकल, साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी र कन्फ्रेन्स हल,अडियो भिजुवेल कक्षा कोठा, कक्षा ११ र १२ मा म्यानेजमेन्ट तथा एजुकेसन विषयको आध्यापन, प्रत्येक कक्षामा सि सि क्यामेराको व्यवस्था, स्वच्छ खानेपानी र आधुनिक शौचालय, फुटबल, भलिबल, गायन /नृत्य  लगायतका क्रियाकलाप, दक्ष र अनुभवी शिक्षक तथा उच्च व्यवस्थापन लगायतका विशेषताहरु रहेका छन ।


गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहित कक्षा ९ मा सिमित सिटका लागि मात्र भर्ना खुलेको कारण समयमै सिट सुरक्षित राख्न विद्यालयले आग्रह समेत गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।