Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वडाध्यक्षको निधनमा गाउँपालिकाले शोक विदा दियाे

manaa-1591981745.jpg

मकवानपुरकाे मनहरी गाउँपालिकाले वडाध्यक्षको असामयिक  निधनप्रति ३० जेठमा गाउँपालिकामा शोक बिदा दिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको निधन प्रति गाउँपालिकाले शाेक विदाकाे घाेषणा गरेकाे हाे ।

३० जेठमा बसेको कार्यपालिकाको आकस्मिक बैठकले श्रद्धाञ्जली शसभाको आयोजना गर्दै गाउँपालिका भित्रका सम्पुर्ण कार्यालयहरूका सेवा बन्द गर्ने निर्णय गरेको हाे । वडाध्यक्ष स्याङ्तानको बिहिबार साझँ उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । ५५ बर्षीय वडाध्यक्ष स्याङ्तान कलेजाेकाे क्यान्सरबात ग्रसित थिए ।