Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लोककवि श्रेष्ठको सम्झनामा कविता प्रतियोगिता

लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता ११३७ हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा २ महिलासहित ७ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका शहरी बिकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक बीके महर्जनको प्रमुख आतिथ्य तथा नेपाल भाषाः खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नियमराज शाक्य, प्रेमजी श्रेष्ठ र माधव खनाल निर्णायक थिए ।

कार्यक्रममा नेपाल भाषाः खलः मकवानपुरका संरक्षक रुद्रहरी जोशी, बरिष्ठ साहित्यकार तुलसी थापा, लोककवि गणेशलाल श्रेष्ठका छोरा केशवलाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार आरसी रिजाल, विश्वनारायण श्रेष्ठले पनि साहित्यिक रचना बाचन गरेका थिए । बिगत ७ बर्षदेखि लोककवि श्रेष्ठको स्मृतीमा भाषाः खलःले हेटौंडामा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

यसैबर्ष आफ्नो पिता लोककवि गणेशलाल श्रेष्ठको स्मृतीमा कार्यक्रम गर्न सहयोग पु¥याउन छोरा केशवलालले मुद्दती खातामा पाँच लाख रुपैयाँको जम्मा गरेका छन् । बैंकबाट आउने रकमको व्याजले हरेक बर्ष लोककवि श्रेष्ठको स्मृतीमा साहित्य कार्यक्रम गरि पुरस्कार प्रदान गरिने बताईको छ ।