Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लेखापढी थाहानगरको अध्यक्षमा गाेपाली

Lekhapadhi_Tukhabar-Hetau-1500638937.jpg

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको थाहानगर समिति गठन भएको छ । थाहानगरको थानाबजारमा भएको भेलाले लेखापढी संम्बन्धी काम गर्नेहरुको अधिवेशन आयोजक समिति गठन गरिएको छ । रामप्रसाद गोपालीको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरीएको हो ।

 नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय सचिवालय सदस्य आत्माराम मोक्तानको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लेखापढि व्यवसायीको हक हित र संरक्षणको विषयमा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि मालपोत अधिकृत मोहन दाहाल, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरका जिल्ला समिति अध्यक्ष नारायण बहादुर थोकर लगाएतको आतिथ्यता रहेको थियो ।