Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लेकाली बसिफाँटको रजत जयन्ती नजिकिँदै

Basifat-1519554092.PNG

भिमफेदी गाउँ पालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले  आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गरी  रजत जयन्ती मनाउन लागेको छ । रजत जयन्तीअन्तर्गत फागुनको २८ गतेदेखि ३० गतेसम्म ३ दिन विविध कार्यक्रमको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले जानकारी दिए । 

रजत जयन्तीकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तरका लागि बिभिन्न दिर्घकालीन योजना बनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले बताए । लामाका अनुसार बिद्यालयले गरिब तथा जेहन्दार विद्यार्थी सहयोगार्थ अक्षयकोष स्थापना, कक्षा ११ र १२ सञ्चालन, प्राबिधिक तथा ब्यावसायिक शिक्षा सञ्चालन,  आवासीय विद्यालय सञ्चालन, एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर सहित ब्यवस्थित श्रव्य–दृश्य कक्षा सञ्चालन जस्ता योजनाहरु अघि सारेको  छ । त्यस्तै, नमुना  विद्यालयको रुपमा विकास गर्दै शैक्षिक अनुसन्धान केन्द्र स्थापना, शौर्य शक्तिको उचित प्रवन्ध, वामैत्री तथा भयरहित शिक्षण प्रणालीमा जोड, सफासुग्घर–फूलवारी तथा हरियाली कम्पाउण्ड निर्माण लगायतका योजनाहरु अघि सारिएका छन् । 

    रजत जयन्तीअन्तर्गत बिद्यालयले २८ गते स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, पूर्व विद्यार्थी भलिबल प्रतियोगिता, माविस्तरीय एकल गायन प्रतियोगिता, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता तथा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । यस्तै २९ गते अभिभावकवीच घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक   कार्यक्रम, अन्तर मावि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुनेछ भने ३० गते  ११ बजे मार्चपास प्रदर्शनी , साँस्कृतिक झाँकी लगायत कार्यक्रमको आयोजना गरिनेछ । 

    २०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।  रजत जयन्ती सम्पन्न गर्न विद्यालयले  व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको संयोजकत्वमा मुल समारोह सामिति गठन गरेको छ । 

    यसैबीच विद्यालयको रजत जयन्तीको अवसरमा थाहा नगरपालिका ४ स्थित ऋषेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरिएको छ । बिद्यालयले एक कार्यत्रमको आयोजना गरी ५० जना बिद्यार्थीलाई लागि झोला बितरण गरेको हो ।

    लेकाली बसिफाँट मावि बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिनोद लामाले ऋृषेश्वर आधारभुत बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामालाई ५० जना विद्यार्थीका लागि झेला 
हस्तान्तरण गरेका हुन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०