Sunday, 23rd August, 2026
वि.स.

लियो क्लब अफ पिस थाहाको अध्यक्षमा प्रशान्त निर्वाचित

लियो क्लब अफ पिस थाहाको अध्यक्षमा प्रशान्त प्रधान (सफल) चयन भएका छन । ९ जेठमा थाहानगरमा भएको चौथो वार्षिक साधारणसभाले सफललाई अध्यक्षमा चयन गरेको हो । ओखरबजार हितकारी सृजनशील समूहमा प्रधान बिगत ४ वर्षदेखि सचिब पदमा रहेर काम गरिरहेका छन् भने हाल अध्यनका निम्ति काठमाडौं बस्दै अाएका थए । 

लकडाउनका कारण भिडियो कन्फ्रेन्सबाट भएको चौंथो बार्षिक साधारण सभाबाट थाहा १ ओखरबजारका प्रशान्त प्रधान (सफल) निर्वाचित भएका हुन् । तत्कालीन अध्यक्ष अनन्त ढकालको सभाध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष अनित बिष्टको प्रमुख आतिथ्यमा साधारण सभा भएको थियो । लियो जिल्ला परिषद द ३२५ बि १ नेपालकै एक सक्रिय क्लवको रुपमा परिचित रहेको लियो क्लब अफ पिस थाहा नगर उत्तरी मकवानपुरको थाहा नगरमा क्रियाशील छ ।

सन् २०१७ मा स्थापना भएको लियो क्लब अफ पिस थाहाको सामाजिक कार्यले बेग्लै पहिचान बनाउँदै गएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०