Tuesday, 18th August, 2026
वि.स.

लाै ! वडा सचिव चार लाख घुस रकमसहित पक्राउ

Commission-for-the-Invest-1616082151.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हाे ।

सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार पाेखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif