Wednesday, 26th August, 2026
वि.स.

लायन्स र लियो क्लब अफ पिस थाहा नगरद्वारा छात्रवृत्ति घोषणा 

Gha-1604064605.jpg

थाहा नगरपालिकामा क्रियाशील लायन्स र लियो क्लब अफ पिस थाहानगरले संयुक्त रुपमा छात्रावृत्ति घोषणा गरेका छन्  थाहानगरमा सक्रिय र सेवाभाव बोकेका युवाहरूको एक समूह बनाई छात्रवृत्ति घोषणा गरिएको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष प्रशान्त प्रधानले जानकारी दिए ।

पालुङ बहुमुखी क्याम्पस अध्ययनरत एकजना मेहनती र जेहेन्दार विद्यार्थीलाई वर्षेनी छ महिनाको शुल्क वापतको रकम छात्रवृत्ति दिइने अध्यक्ष प्रधानले बताए । ३० अक्टोबर २०१६ बाट लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ अन्तर्गतको सन्स्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा रहेको लायन्स क्लब अफ थाहा पिसको सौजन्यमा लायन बर्ष २०१६/०१७ मा स्थापना भएको लियो क्लब अफ पिस थाहानगरले चौथो बर्ष पार गरिसकेको छ ।

अहिलेलाई लायन्स र लियोको तर्फबाट एकमुष्ठ वर्षेनी ६ महिनाको छात्रवृत्ति घोषणा गरिए पनि अर्को निर्णयबाट लायन्सको तर्फबाट ६ महिना र लियोको तर्फबाट ६ महिना गरी एक वर्षकै लागि नेतृत्वशाली विद्यार्थीलाई छात्रवृत्ति घोषणा गर्न सकिने लायन्स क्लब अफ पिस थाहाका एक सदस्यले बताए ।

पालुङ जेसीजलेले सन् २०१९ देखि पालुङ क्याम्पसका एक विद्यार्थीलाई भरत–रत्न छात्रवृत्ति पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार पालुङ जेसीजका सन् २००८ का अध्यक्ष भरत गोपालीले प्रायोजन गर्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif