Monday, 24th August, 2026
वि.स.

लायन्स क्लब अफ पाथीभरा गोल्डमा बस्नेत

rashmi-basnet-1588093082.jpg

लायन्स क्लब अफ पाथीभरा गोल्डको अध्यक्षमा लायन रश्मि बस्नेत चयन भएकी छिन् । क्लबको चौथो बार्षिक साधारण सभाले लायन्स वर्ष २०२०÷२१ का लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा लायन सबिना थापा, द्वितीय उपाध्यक्षमा मल्लिका श्रेष्ठ, सचिवमा अप्सरा मानन्धर र कोषाध्यक्षमा सजिता पोखरेल पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
लायन बर्ष २०१९÷२० की अध्यक्ष लायन आषिका श्रेष्ठको अध्यक्षतामा भएको सभाले नयाँ समितिलाई आधिकारिकता प्रदान गरेको छ । लायन्स वर्ष २०१७÷१८ मा गठन भएको क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

बस्नेत हेटौंडा लेडी जेसिजको २०१२ अध्यक्ष, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाकी शिक्षक, नेपाल अंग्रेजी भाषा शिक्षक संघ(नेल्टा)को आजिवन सदस्य हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०