Tuesday, 25th August, 2026
वि.स.

लायन्स क्लब अफ थाहा पिसको अध्यक्षमा बिडारी निर्वाचित

Lion-1592660358.jpg

लायन्स क्लब अफ थाहा पिसको अध्यक्षमा उद्धव बिडारी निर्वाचित भएका छन । ६ असारमा थाहानगरमा भएको चौथो वार्षिक साधारणसभाले बिडारीलाई अध्यक्षमा चयन गरेको हो । 

विभिन्न समाजिक क्षेत्रमा सक्रिय विडारी बिगत ४ वर्षदेखि लायन्स क्लब अफ थाहा पिसमा आवद्ध छन् । वर्तमान लायन्स अध्यक्ष लायन विक्रम केसीको सभाध्यक्षता तथा क्लबका सल्लाहकार तथा लायन्स डिष्ट्रक्ट रिजनल चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले प्रथम उपाध्यक्ष पदमा लायन राममाया केसी, द्वितीय उपाध्यक्ष जयराम केसी, तृतीय उपाध्यक्ष निरज रायमाझी, सचिबमा उर्मिला श्रेष्ठ र कोषाध्यक्षमा नवराज लामालाई चयन गरेको निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष श्रीराम कार्किले जानकारी दिए ।

सन् २०१७ मा स्थापना भएको लायन्स क्लब अफ थाहा पिस सामाजिक कार्यमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा सक्रिय रहँदै आएको छ । 

निर्वाचित टिमलाई थाहा टाइम्स परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif