Tuesday, 25th August, 2026
वि.स.

लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द

sawari-1597106717.jpg

सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।

'अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कान्तिपुरलाई भने । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत उनले बताएका छन् ।

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif