Wednesday, 26th August, 2026
वि.स.

लागू औषध सहित मकवानपुर प्रहरीद्वारा एक जना पक्राउ

pakrau1-1606039493.jpg

मकवानपुर प्रहरीले १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित आइतबार १२ बजे एकजना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पेटर्वासुगौली गाउपालिका वडा नं ३ सुनबर्सा बैरिया बस्ने वर्ष २४ को अनिल मुखिया रहेका छन् ।

बिरगंजबाट नारायणघाट तर्फ आइरहेको ना ५ ख ५८६८ नंको बस रोकी चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध सहित मुखिया प्रकाउ परेका हुन् ।

मुखियाले आफ्नो झोलमा लुकाई लागू औषध नाइट्रोभेट १,२००ट्याबलेट र लागू औषध ओनरेक्स १०० एमएलको ४ बोतल फेला परेकाले उनलाई उक्त लागु औषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif