Wednesday, 19th August, 2026
वि.स.

लागूऔषध गाँजासहित मकवानपुरका २ जना पक्राउ

pakrau2-1608530417.jpg

मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषध गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट करिब १० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् ।

आइतबार बा ३३ प ५६२५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिणामको लागूऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइरहेकोको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif