Tuesday, 25th August, 2026
वि.स.

लागूऔषध ओसारपसारमा संलग्न मकवानपुरका ५ जना पक्राउ

pakrau-1593148370.jpg

लागूऔषध गाँजा ओसारपसारमा संलग रहेको आरोपमा पर्सा प्रहरीले मकवानपुरका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ का पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा हुनेहरुमा स्थानीय ५० वर्षीय घनबहादुर तामाङ, २० वर्षीय रामबहादुर तामाङ, ४३ वर्षीय मंगलसिंह रुम्बा, २१ वर्षीय सुबास तामाङ र २२ वर्षीय सुमन तामाङ रहेका छन् ।

उनीहरुलाई मकवानपुरबाट गाँजा लगेर पर्साको ठोरी नयाँवस्तीमा कारोबारीलाई गाँजा जिम्मा लगाएर अटोमा फर्किदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले अटोमा फर्किएका उनीहरुलाई शंका लागि सोधपुछ गर्दा गाँजा ओसारपसार संलग्न भएको खुलेपछि नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, पाँच थान मोबाइल, ३ थान टचलाइटका साथै नगद ४४ हजार १ सय १० रुपैयाँ बरामद गरेको छ ।उक्त बरामद भएको हतिया र नगदसहित नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif