Thursday, 20th August, 2026
वि.स.

लागु औषध नियन्त्रण गर्न अभिमुखिकरण सम्पन्न

लागु औषध नियन्त्रण गर्न अभिमुखिकरण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध सरोकारवालाहरुलाई बैकल्पिक विकास र उपचार पुनस्पना केन्द्रहरुबिच बिहिबार अभिमुखिकरण गरिएको हो । 

गृह मन्त्रालय, लागु औषध नियन्त्रण शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय हेटौँडाको समन्वयमा भएको कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी,हेटौँडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा लगाएत, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif