Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लागु औषध नाईट्रोभेट सहित भैसेबाट २ जना पक्राउ

Bhimfedi-1601990518.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर २ भैसेबाट लागु औषध नाईट्रोभेट सहित २ जना पक्राउ परेका छन् ।

त्रिभुवन राजपथ सडक खण्ड हुँदै काठमाण्डौ जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध नाईट्रोभेट ८७०ट्याब्लेट सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक प्युठान मल्लरानी गाउँपालिका वडा नंबर ३ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु शान्तीटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र मोटरसाईलको पछाडी बस्ने कालीकोट घोचायबाडा गाउँपालिका वडा नंबर ३ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नंबर ३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको प्रहरीले जनाएको छ । उनिहरु माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०