Tuesday, 25th August, 2026
वि.स.

लागु औषधसहित मकवानपुरका दुई पक्राउ

pakrau-1592637040.jpg

हेटौंडाका दुई युवकलाई प्रहरीले बिगजञ्जबाट पक्राउ गरेका छ । बिहीबार बिरगञ्ज महानगरपालिका वडा नं. १५ ब्रहमचौक स्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ९१६४ नंको ट्रकबाट लागु औषध गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बस्ने ३४ बर्षिय ट्रक चालक दिनुप बर्तौला र सोही स्थान बस्ने ३४ बर्षिय सहित चालक राजिव बानिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट १ किलो अबैध लागु औषध गाँजा बरामद भएको छ ।

दुबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif