Wednesday, 19th August, 2026
वि.स.

लागुऔषध गाँजासहित मकवानपुरका एक जना पक्राउ

pakarau-1616575285.jpg

 मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं। २ बस्ने १८ वर्षीय बुद्दलाल स्याङबो रहेका छन् ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सीराङ गाउँपालिका वडा नं।५ स्थितमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा आईतबार ८ बिहान २० किलो लागु औषध गाँजासहित स्याङबोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्याङबोमाथि आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif