Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लागुऔषध कारोबार अभियोगमा प्रहरी निरीक्षक पक्राउ

police-1593075509.jpg

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक जना प्रहरी निरीक्षक (इक्सपेक्टरलाई) नियन्त्रणमा लिएको छ । ब्यूरो स्रोतका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इक्सपेक्टर रुद्र शाहीलाई ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । 

ब्यूरोका अनुसार उनलाई बिहीबार ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको हो । उनीमाथि लागुऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको आरोप छ । इक्सपेक्टर शाही महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट केही दिनअघि मात्र ललितपुर प्रहरी परिसरमा तानिएका थिए ।

बुधबार मात्रै महानगरीय अपराध महाशाखाको टोलीले हुण्डी कारोबारीसँग १० लाख रुपैयाँ असुली गरेको अभियोगमा दुई जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार धीरेन विष्ट र प्रहरी जवान विक्रम चन्द थिए । उनीहरू दुवै जना सादा पोशाकका प्रहरी हुन् । उनीहरू दुवै जनामाथि अहिले छानविन कार्य जारी रहेको प्रहीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०