Saturday, 10th October, 2026
वि.स.

ललितपुरमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

covi1-1600501401.jpg

 पछिल्लो १६ घण्टामा ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो। त्यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०