Tuesday, 25th August, 2026
वि.स.

लमजुङमा पहिरोले १८ घर पुरियो, जोखिमको आकलनले गाउँले जोगिए

lamjung-pahiro-1595407338.jpg

 लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ । जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए । 
लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारी गाउँमा गएको पहिरो
मंगलबार पहिरो गएको ठाउँबाट पुनस् पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।

उद्धारकार्यमा खटिएका पल्लोगाउँ सेग्लेका गुमानसिंह भण्डारीका अनुसार पहिरोले घरहरु पुरिँदा घरभित्रका सामानहरु निकाल्न पाइएको छैन । स्थानीय साथै वरपरका बासिन्दा उद्धार कार्यमा संलग्न रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको बताए ।

लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३र४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif