Tuesday, 25th August, 2026
वि.स.

लमजुङमा पहिरोमा १० घर पुरिए

123-1595404369.jpg

 लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तीमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।

हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उनले बताए । थापाका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif