Saturday, 22nd August, 2026
वि.स.

लक्षित कार्यक्रमबाट ६० बगुर र १० बाख्रा वितरण

Bangur-1583026575.jpg

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बंगुरको पाठा तथा बाख्रा वितरण गरिएको छ । थाहा नगरपालिका सामाजिक विकास समितिको दलित लक्षित बजेटबाट सहयोग वितरण गरिएको हो। 

थाहाको वडा नम्बर ५ र ७ मा ७ वटा बाख्रा र अरु १० वटा वडामा ६० वटा बंगुरको पाठा वितरण गरिएको सामाजिक विकास समितिकी सदस्य सोनिया सुनारले जानकारी दिइन् । उनीहरुलाई आर्थिक अवस्था सवल बनाउनको लागि ब.गुर र बाख्रा वितरण गरिएको सदस्य सुनारले जानकारी दिइन् । 

थाहा नगरपालिका वडा नम्बर ४ विश्वकर्मा टोलमा भएको वितरण कार्यक्रममा नेकपा ४ नम्बर वडा  कमिटि अध्यक्ष जमिन दियाली, दलित महिला सदस्य सुशीला विश्वकर्मा, दलित लक्षित कार्यक्रम संचालन समितिका अध्यक्ष नारायण नारायण विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । 
थाहा नगरपालिका सामाजिक विकास समितिले वार्षिक रुपमा दलित लक्षित, जनजाति लक्षित, युवा लक्षित विविध प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif