Saturday, 22nd August, 2026
वि.स.

लकडाउन खुलेको तीन दिनपछि मात्र अदालत खुल्ने

sarbochaa-1586509986.jpg

सरकारले लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको छ ।

सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन् । बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम निरन्तर रहने पोखरेलले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

sarbochaa-1586509988.jpg






Thaha-002-1774415222.gif