Saturday, 22nd August, 2026
वि.स.

लकडाउन कार्यान्वयनमा कठोर वन्दै मकवानपुर प्रशासन,

सरकारले कोरोना भाइरसबाट जोजिगनका लागि गरेको लकडाउन कार्यान्वयन गर्नका लागि मकवानपुर प्रशासन कठोर वन्दै गएको छ । अनावस्यक रुपमा लकडाउन उलंघन गरेमा सडकमा रहेका प्रहरीले कार्बाही गर्ने तयारी समेत गरिएको छ । अनावस्यक रुपमा सडकमा निस्कीए पक्राउ गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताए ।

हिजो टाढा टाढाबाट गन्तव्यमा जानका लागि निस्कीएकाहरुलाइ केही खुकुलो गरिएपनि आज भने यसलाई थप कडाइ गरिएको उनले वताए । अनावस्यक रुपमा घरबाट बाहिर निस्कने, सडकमा ओहोर दोहोर गर्ने, सवारीका साधन चलाउने गरेको पाइएमा पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको उनले वताए।

घरबाहिर निस्कने र सवारीका साधन चलाएको पाइएमा कार्बाही गर्नका लागि जिल्लाभरका सवै प्रहरी युनिटहरुलाई निर्देशन गरिएको प्रजिअ नेपालले वताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

makawanpur-1585125778.jpg
makawanpur-1585125783.jpg






Thaha-002-1774415222.gif