Saturday, 22nd August, 2026
वि.स.

लकडाउन उलंघन गर्ने ३ सय सवारी र ७४ यात्रु मकवानपुर प्रहरी नियन्त्रणमा

lockdown-1585991178.jpg

 मकवानपरमा लकडाउनको उलंघन गर्ने तीन सय वटा भन्दा वडी सवारीका साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको ११ दिन सम्ममा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट लकडाउनको उलंघन गर्ने सवारीका साधन नियन्त्रणमा लिइएको हो ।

लकडाउन उलंघन गर्ने ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ वुझाइ छाडेको छ । लकडाउनमा घरमा वस्नुपर्ने समयमा घरबाहिर सडकमा निस्कीएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए।

लकडाउनको ११ दिन सम्मको अवधिमा ३ सय १२ वटा सवारीका साधन नियन्त्रणमा लिएर अधिकांस सवारीका साधन प्रहरी कार्यालयमै राखिएको उनले वताए । प्रहरीले सवैभन्दा वडी मोटरसाइकल, कार, टेयाक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको पाठकले वताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

lockdown-1585991184.jpg






Thaha-002-1774415222.gif