Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउनमै भीमफेदीमा विकासको गति लिँदै

fedi-1590116982.jpg

मकवानपुर भिमफेदी गाउँपालिकामा पुर्वाधार तर्फका कामहरु लकडाउनका बेला पनि  िसंचालन भैरहेको छ । चालु आर्थिक वर्षमा पुर्वाधारतर्फ साना—ठुला गरी १ सय ८० वटा योजनाहरु रहेकामा सय वटाको काम सकिएको र ८० वटा प्रक्रियामा रहेको गाउँपालिकाका योजना शाखा प्रमुख बद्रि सापकोटाले जानकारी दिए । 

योजना प्रमुख सापकोटाका अनुसार सरकारले गत चैत ११ गतेबाट देशमा लकडाउन गरेपछि लगभग ४० दिन जति रोकिएको योजनाका कामहरु लकडाउनको मापदण्डहरुलाई पालना गरेर, भौतिक दुरी कायम गरेर पुनःसञ्चालनमा ल्याइएको हो । हाल गाउँपालिकामा गाउँपालिका भवन निर्माणको काम पनि सञ्चालन भैरहेको छ । ७ करोडको लागत अनुमान गरिएको गाउँपालिका भवनको लागि ४ करोड १२ लाखमा निर्माण कम्पनी आर।एन।सी। नेचुरल जेभी काठमाण्डौसँग निर्माण सम्झौता भएको थियो ।

गाउँपालिकाले २०७७ साल भदौ महिनासम्म भवन निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएकोमा यो योजना केहि पछि सर्ने भएको छ । हाल गाउँपालिकामा सडक निर्माण र स्ल्याब ढलानका कार्यहरु पनि भैरहेका छन् । गत आर्थिक वर्षबाटै सुरु भएको वडा नम्बर ६ धोर्सिङबाट वडा नम्बर ९ अघोरसम्म जोडने सडकको काम भैरहेको छ । चालु आर्थिक वर्षमा सो सडकका लागि गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । 

त्यस्तै वडा नम्बर ५ को दम्की र वडा नम्बर ५ कै सुपिङ जोड्ने सडकको स्ल्याब ढलानको काम पनि भैरहेको छ । सो स्ल्याब ढलानको लागि गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ सुपिङदेखि वडा नम्बर ३ इचुङसम्मको कच्ची सडक निर्माणको कार्य पनि भैरहेको छ । सो सडकको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख वजेट छुटाएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकामा वर्तमान समयमा लकडाउन मापदण्डहरुलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरेर गाउँपालिकाको पुर्वाधार तर्फको योजनाहरु केहि दिन रोकिए पनि पुनः सञ्चालन भैरहेको बताक्ष्न् ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०